काठमाडौं: चीनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।
पौडेलले चार दिन अघि त्यहाँको विदेश मन्त्रालयमा शिष्टाचार महाशाखा हेर्ने उप महानिर्देशक चाङ् यिमिङु्मक्ष बेइजिङ्मा ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतका लागि नेपाली महावाणिज्यदूत र त्यस लगत्त मुख्य सचिवका रुपमा विगतमा काम गरिसकेका पौडेल अक्टोबर ३० मा उत्तरी छिमेकी चीनका लागि राजदूत नियुक्त भएका हुन् ।
पौडेल गत बुधबार कार्यभार सम्हाल्न चीन गएका थिए । विदेश मन्त्रालयमा ओहदाको प्रमाणपत्र पेश गरेपछि उनलाई त्यहाँ रहेर काम शुरु गर्न बाटो खुलेको छ ।