आगलागीले प्युठान सदरमुकाम खलंगा बजार जोखिममा

आगलागीले प्युठान सदरमुकाम खलंगा बजार जोखिममा
सुन्नुहोस्

बुटवल : प्युठान सदरमुकाम खलंगाको बजार आगलागीले जोखिममा परेको छ। आइतबार दिउँसोदेखि खलंगा ब्यारेकमुनिदेखि लागेको आगो बस्तीका घरमा पुगेको हो। आगो अझै नियन्त्रणमा आउन सकेको छैन। घर जलेर नष्ट नभएपनि उच्च जोखिममा परेको स्थानीय इमानसिंह भारतीले जानकारी दिए। 

एउटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सहित स्थानीयको पहलमा आगो निभाउने काम जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जानकारी दिए। ‘आगो निभाउन हम्मेहम्मे परिरहेको छ’,रिजालले भने,‘नियन्त्रणमा आएको छ। तर, पूर्ण रुपमा आउन अझै समय लाग्छ।’ बजारकै बीचमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, कारागार, मालपोत, नापी लगायतका सरकारी कार्यालयहरू समेत छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.