एमाले नवलपरासीको अध्यक्षमा अधिकारी

एमाले नवलपरासीको अध्यक्षमा अधिकारी
सुन्नुहोस्

परासी : नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपरासीमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको गुट कमजोर देखिएको छ। पार्टीको नवौं जिल्ला अधिवेशनबाट आइतबार चुनिएका पदाधिकारी र सदस्य संख्याको आधारमा पौडेल गुट कमजोर देखिएको हो।

जिल्ला नेतृत्व हत्याउनका लागि महासचिव शंकर पोखरेल र उपाध्यक्ष पौडेल गुटका नेताहरू जिल्लामा दौडधूप गरेका थिए। केन्द्रमा एक भए पनि लुम्बिनी प्रदेशमा भने महासचिव शंकर पोखरेल र उपाध्यक्ष पौडेलको गुट छ। ती दुई नेताको गुटको प्रभाव नवलपरासीमा पनि प्रत्यक्ष रहँदै आएको  छ। जसको प्रभाव अहिलेको अधिवेशनमा छताछुल्ल देखिएको हो। 

जिल्लामा पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले पौडेल गुटको कमान्ड हाँकेका छन्। त्यस्तै पोखरेल गुटको कमान्ड जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी स्वयंमले हाँकेका छन्। पोखरेल गुट बलियो भएकै कारण पुनः जिल्ला अध्यक्षमा अधिकारीलाई सर्वसम्मत निर्वाचित गरिएको हो। 

वैशाख २१ र २२ गते मिति तोकेर जिल्ला अधिवेशनको आव्हान गरिएको थियो। तर, जिल्ला नेतृत्वका लागि दुई गुटबीच सहमति जुट्न नसक्दा अधिवेशन तीन दिनसम्म लम्बिएको थियो। गुटकै कारण अध्यक्ष पदमा तीन जनाको उम्मेवारीसमेत परेको थियो। जसअनुसार अध्यक्ष पदमा अधिकारीसँगै अधिवेशन अघिका उपाध्यक्ष डोलराज भण्डारी र जिल्ला सचिव धीरज शर्मा बस्यालले उम्मेदवारी दिएका थिए। बस्याल बैजनाथ चौधरी अर्थात पौडेल गुटका हुन। 

अध्यक्षका अर्का आकांक्षी भण्डारीले दुई जना उम्मेदवार भएपछि आफू चुनाव नलड्ने बताएका थिए। अंक गणितले पौडेल गुटका बस्याल कमजोर देखिएपछि पदाधिकारीमा पुरानैलाई निरन्तरता दिने सहमति गरिएको थियो। सहमतिपछि बस्यालले पनि उम्मेदवारी फिर्ता लिएर अधिकारीलाई सर्वसम्मत गराइएको कार्यकर्ताहरूले बताएका छन्। जसअनुसार अधिकारीको नेतृत्वमा उपाध्यक्ष डोलराज भण्डारी, सचिव धीरज शर्मा बस्याल, उपसचिवद्धयमा राजन कुमार आचार्य र रिंगला यादव रहेको पुरानै पदाधिकारीलाई कायम गरिएको हो। 

पदाधिकारीमा शनिबार साँझ सहमति जुटे पनि गुट विवादकै कारण जिल्ला कमिटी सदस्य भने आइतबार दिउँसो मात्र टुंगिएको हो। पदाधिकारीको नाम टुंगो लागे पनि आ–आफ्ना गुटका नाम अघि सारेका नेताहरूलाई जिल्ला कमिटी सदस्यको नाम टुंग्याउन त्यस्तै धौ–धौ परेको थियो। सदस्य टुंगो लगाउँदा एक भूगोलको व्यक्तिलाई अर्कै भूगोलबाट प्रतिनिधित्व गराएको र सिनियरलाई पाखा लगाउँदै अधिकांश जुनियरलाई जिल्ला कमिटीमा ल्याइएको भन्दै जिल्ला प्रतिनिधिहरूले सर्वसम्मत गराउन बसेको समितिसँग टेबुल ठोका–ठोकसमेत गरेको कार्यकर्ताहरूले बताएका छन्। 

असन्तुष्ट केही सर्वसम्मत भएका सदस्यहरू सपथ कार्यक्रममै नगएको बताइएको छ। चर्काचर्की र असहमतिका बाबजुद भागबण्डामा १०५ सदस्यीय जिल्ला कमिटीलाई पूर्णता दिइएको हो। जिल्ला कमिटीमा पोखरेल गुटका करिब ६० प्रतिशत समेटिएको जिल्ला प्रतिनिधिहरूले बताएका छन्। जिल्ला कमिटी चयन गर्न ४२६ जना जिल्ला प्रतिनिधिहरू चुनिएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.