एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारीमा अध्यक्ष शर्माकै प्यानल निर्वाचित

एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारीमा अध्यक्ष शर्माकै प्यानल निर्वाचित
सुन्नुहोस्

वीरगन्ज : नेकपा एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारीमा एक उपसचिवमा नवनिर्वाचित जिल्ला अध्यक्ष डाक्टर विश्वम्भर शर्माकै प्यानल विजयी भएको छ। 

पर्सामा एमालेको जिल्ला अध्यक्षमा शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने उपाध्यक्षसहितका पदाधिकारी चयनका लागि गत शुक्रबार राति मतदान भएको थियो।

शनिबार दिउँसोदेखि सुरु भई आइतबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार उपाध्यक्षमा मनोज गुप्ता निर्वाचित भएका छन्। गुप्ता ३२६ मतका साथ उपाध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लालबाबु शेखले १६६ मत मात्रै पाए।

यस्तै सचिवमा पनि अध्यक्ष शर्माकै प्यानलका महेश दास २३९ मतका साथ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नवराज शर्माले २३३ मत पाए। उपसचिव (खुल्ला)मा नविजान मियाँ २०२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी रामकिशोर सिंह परागले १९१ मत मात्रै पाउन सकेको निर्वाचन समितिले जनाएको छ। गुप्ता,दास र मियाँ तीनै जना अध्यक्ष शर्मा प्यानलका हुन्। 

उपसचिव(महिला)मा सीतादेवी लामा २४६ मतका साथ निर्वाचित हुदाँ उनकी प्रतिस्पर्धी गीता भण्डारीले २०५ मत मात्रै पाइन्। लामा शर्मा इतर पक्षकी हुन्। यस्तै लेखा समितिको अध्यक्ष शिवजी गुप्ता २७७ मतका निर्वाचित भएका छन्। लेखा समितिको उपाध्यक्षमा गोविन्द प्रताप श्रेष्ठ भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।  

उपाध्यक्षसहितका पदाधिकारी र लेखा समिति चयनका लागि शुक्रबार राति भएको मतदानमा कूल ५३३ मत खसेको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.