अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : बजेटमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई राख्‍नू

अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : बजेटमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई राख्‍नू
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बजेटमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन्। सरकार र निजी क्षेत्रसँगको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रमलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्। 

राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे आइतबार मन्त्रालयमा भएको अन्तर्क्रियामा अर्थमन्त्री वर्षमान पुनले के गर्दा उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ त्यसमा लाग्न आफूलाई निर्देशन दिएको बताए।

‘के गर्दा उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ। सरकारलाई आउने राजश्व पनि वस्तुगत बनाउने गरी काम गर्नुस् भन्नुभएको छ।’ पुनले भने, ‘सम्मानजनीय प्रधानमन्त्रीले निजी क्षेत्रको मनोबल उठाउनुपर्‍यो। निजी क्षेत्रमैत्री वातावरण बनाउनुपर्‍यो। लिबरल हुनुपर्‍यो भनिरहनुभएको छ।’

उनले अर्थ मन्त्रालयको तर्फबाट सैद्धान्तिकरण गर्ने कोसिस जारी रहेको बताए। करका दर हेरफेर गर्दा हालसम्म राम्रो मन्त्री पुनले आफूले यसअघि नै सार्वजनिक मञ्चबाट करका दर हेरफेर गर्दा कसैलाई पोस्ने र कसैलाई निरुत्साहित नगरिने प्रतिबद्धता जनाएको स्मरण गरे। 

अर्थमन्त्री वर्षमान पुनले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताए। उनले भने, ‘लगानी सम्मेलनमा उदघाटनदेखि छलफलका सबै बन्द सेसन र समापनसम्म निजी क्षेत्रलाई प्रस्तुत गरेका छौं। स्वदेशी र विदेशी लगानीकर्तालाई लक्षित गरेर ८ वटा कानूनमा भएको संशोधनले सकारात्मक वातावरण बनेको छ’, उनले भने, ‘मुखले भनेर होइन दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौं।’ 

अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको,उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने तथा देशलाई अगाडि बढाउने नीतिमा परिवर्तन नगरिने प्रतिबद्धता जनाए। राम्रो नीतिको निरन्तरताका लागि मन्त्री र सचिवका पछि लागेर समय खेर नफाल्न उनले सुझाए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसहित राष्ट्रिय उद्योग व्यापार संघ, नेपाल उद्योग व्यापार महासंघका पदाधिकारी र प्रतिनिधिहरु सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.