सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने भनेर बोलाइएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गर्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको जनाएको छ ।

एमालेले सरसल्लाह गर्न बाँकी रहेको भन्दै नगरेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताउँदै आएको थियो । कांग्रेसले  नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै सदन अवरुद्ध पार्ने चेतावनी दिँदै आएको थियो ।

केन्द्रमा बनेको सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री अगाडि सरेका समाजवादीका नेता सोडारीलाई अहिले भने आफै मुख्यमन्त्री बन्दा विश्वासको मत लिन सकस भएको हो। 

उनी वैशाख ६ गते एमाले, माओवादी, उन्मुक्तिका २ जना र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। अहिले उनैलाई विश्वासको मत लिन सकस भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.