पर्यटन प्रवर्द्धन गर्न अमरगढीदेखि खप्तडसम्म साइकल यात्रा

पर्यटन प्रवर्द्धन गर्न अमरगढीदेखि खप्तडसम्म साइकल यात्रा
अमरगढी–खप्तड साइकलयात्रामा निस्केका यात्रुहरू । तस्बिर : धनबहादुर भण्डारी
सुन्नुहोस्

डडेल्धुरा : सुदूरपश्चिमका महत्पपूर्ण पर्यटकीय स्थललाई चिनाउन साइकल यात्रा सुरू गरिएको छ । शुक्रबार डडेल्धुराको अमरगढी किल्लादेखि खप्तडसम्मका लागि अन्तर्राष्ट्रियस्तरको साइकल यात्रा सुरु गरिएको हो  । साइकल यात्रामा तीन भारतीय नागरिकसहित ३२ जना साइकल यात्री सहभागी छन् । 

अमरगढी–खप्तड साइकल यात्रा वैशाख २५ गते समापन हुने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए । अमरगढी किल्ला र खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले साइकल यात्राको आयोजना गरिएको निमित्त प्रमुख बोहराले जनाए । 

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको प्रायोजन तथा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमोसन प्रालिको आयोजनामा साइकल यात्रा सुरु भएको हो । 

सुदूरका पहाडि जिल्लामा रहेका ऐतिहासिक तथा महत्वपूर्ण धार्मिक पर्यटक स्थलहरूको महत्व अन्तर्राष्ट्रियस्तरमा झल्काउन र आन्तरिक र वाह्य पर्यटकलाई आकर्षक गर्न साइकल यात्रा सुरु गरिएको जनाइएको छ ।
साइकल यात्रा एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी,डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने,प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले शुभारम्भ गरेका हुन् ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख बोहराका अनुसार ऐतिहासिक पर्यटकीयस्थल अमरगढी किल्लादेखि सुरु भएको साइकल यात्रा धर्तीको स्वर्गका रुपमा चिनिएको खप्तडको त्रिवेणी धामसम्म पुग्नेछ । साइकल यात्रा गरिरहेका माहानुभावले सुदूरका पर्यटकीय गन्तव्यको पहिचान समेत खुलाउने उनले विश्वास व्यक्त  गरे।

कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर जोशीले साइकल यात्राले अमरगढी किल्ला र खप्तडको प्रचारप्रसार हुने जनाए । पर्यटन क्षेत्रमा लगानी गर्न सके सुदुरपश्चिमको आर्थिक समृद्धि सहित हुने मेयर जोशीको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.