राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
फाइल तस्बिर।
सुन्नुहोस्

संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ।

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरू, लगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैङ्गिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ। 

राष्ट्रसङ्घले प्रभावकारी नीति र कार्यहरूबारे चेतना जगाई नीतिगत ध्यान केन्द्रित गर्ने उद्देश्यका गतिविधिहरू मार्फत् अन्तर्राष्ट्रिय वर्षको विश्वव्यापी अवलोकनलाई आमन्त्रित पनि गरेको छ। 

साथै, महासभाले खाद्य र कृषि सङ्गठन समेत रोममा रहेका अन्य संयुक्त राष्ट्रसङ्घीय निकायहरुसँग मिलेर प्रस्तावको कार्यान्वयनलाई सहजीकरण गर्न तथा अन्तर्राष्ट्रिय वर्ष प्रभावकारी रुपमा मनाउन निर्देशन दिएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.