नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु
सुन्नुहोस्

काठमाडौं : नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा आज बिहान महाधिवेशन उद्घाटन गरेका हुन्। 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज बिहान शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी गरेपछि उद्घाटन समारोह सुरु भएको हो।

null

उद्घाटन समारोह सकिने बित्तिकै बन्दसत्र सुरु हुने महासंघले जनाएको छ। केन्द्रीय महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ। केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गर्ने र छलफलपछि पारित गर्ने कार्यसूची तय भएको छ।

केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट राष्ट्रिय परिषद् सदस्यहरु काठमाडौं आएका छन्। 

केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ। बिहीबार बसेको  केन्द्रीय समिति बैठकले महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय भएको छ। महासंघको प्रत्यक्ष निर्वाचन हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.