राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम् उपयोग गर्ने नीति लिएका छौं : प्रधानमन्त्री

राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम् उपयोग गर्ने नीति लिएका छौं : प्रधानमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम् उपयोग गर्ने नीति लिएको बताएका छन्। सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८१ को अवसरमा शुभकामना दिँदै प्रचण्डले विकास र सेवा प्रवाहका विविध आयामहरूलाई सूचना तथा सञ्चार प्रविधिसँग आबद्ध गर्दै समृद्धि हासिल गर्ने बताएका छन्।

‘नेपालको संविधानले सूचना प्रविधिको विकास र विस्तारमार्फत् यस क्षेत्रमा नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम् उपयोग गर्ने नीति लिएको छ। शासन, विकास र सेवा प्रवाहका विविध आयामहरूलाई सूचना तथा सञ्चार प्रविधिसँग आबद्ध गर्दै विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारले जोड दिएको छ।’शुभकामना सन्देशमा भनिएको छ, ‘सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारसँगै विश्व समुदाय नै एउटा सञ्जालमा आबद्ध हुनपुगेको सन्दर्भमा नेपालमा पनि सार्वजनिक निकायले प्रदान गर्ने सेवालाई विद्युतीय माध्यममा आबद्ध गर्दै लगिएको छ।’

दुरसञ्चार सेवाको आधुनिकीकरण तथा सुदृढीकरण, ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार तथा सूचना महामार्ग निर्माण र विस्तारको कार्यलाई तीव्रता दिंदै डिजिटल नेपाल फ्रेमवर्कले तय गरेका लक्ष्य पूरा गर्न सरकार लागि परिरहेको प्रचण्डको भनाई छ। ‘साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षाजस्ता संवेदनशील विषयमा नीतिगत तथा संरचनागत सुधारमा समेत विशेष जोड दिइएको छ।’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न, डिजिटल साक्षरता अभिवृद्धि गर्दै डिजिटल डिभाइड न्यूनीकरण गर्न सरकार क्रियाशील छ। यस सन्दर्भमा, विद्युतीय प्रणालीको विकास र अवलम्बनमा जोड दिंदै विद्युतीय शासनको अभियान सफल बनाउन सम्बद्ध सबैको साथ र सहयोगको अपेक्षा गरेको छु।’

प्रचण्डले दिवसले सूचना तथा सञ्चार प्रविधिको गुणस्तरीयता एवम् विश्वसनीयता अभिवृद्धिमार्फत् मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमार्फत डिजिटल अर्थतन्त्र निर्माण गरी सुशासन, पारदर्शिता र खुला सरकारको प्रत्याभूति गराओस् भन्ने कामना व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.