आगलागीले घर र गोठ नष्ट

आगलागीले घर र गोठ नष्ट
सुन्नुहोस्

मकवानपुर : आगलागीले घर र गोठ जलेर सखाप भएको छ। राक्सिराङ गाउँपालिका-६ स्थित खर्कण्डेटारका इन्द्रलाल चेपाङको घर जलेर नष्ट भएको हो। 

बुधबार दिउँसो ३ बजेतिर आगलागी भएको तर आगलागीका कारण भने यकिन हुन नसकेको पीडित चेपाङले बताए। उनका अनुसार सोलारको तार सट भएर आगलागी भएको हुनसक्छ। 'म औषधि लिन बजार गएको थिएँ। यता घरमा एक्कासि आगलागी भएको खबर पाएँ। घर आइपुग्दा सबै घर खरानी भइसकेछ,' उनले भने, 'धन्न मानवीय क्षति भने भएन।'

आगलागीका कारण सबै अन्न र घरसहित करिब ५ लाख जतिको सम्पत्ति जलेर नष्ट भएको चेपाङले बताए। त्यति मात्र नभई छोराछोरीको किताब, कापी सबै सखाप भएको सुनाए। 

'भएको १३ मुरी धान, १५ पाथी मकै, एक बोरा युरिया मल सबै जल्यो। केही बाँकी रहेन,' उनले भने, 'तीनै जना छोराछोरीको सबै किताबकापी पनि खरानी भयो।' ओढ्ने ओछ्याउने सबै खरानी भएपछि बासको समस्या भएको छ।

आर्थिक अवस्था कमजोर भएका चेपाङ्लाई घर चलाउन धौधौ परिरहेका बेला यस्तो विपद आइलाग्दा छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलेको छ। उनले भने, 'अब भोलिदेखि बास कहाँ बस्ने भन्ने चिन्ता त छदै छ। त्योभन्दा पनि छोराछोरीको पढाइमा हुने समस्याले झन चिन्ता थपेको छ।' सम्बन्धित निकायबाट केही क्षतिपूर्ति पाए सजिलो हुने उनको भनाइ छ।

त्यस्तै, सोही घर छेउमा रहेको स्थानीय जंगलाल चेपाङको बाख्राको गोठ पनि आगलागीले नष्ट भएको छ। बाख्रा चरनमा गएका कारण क्षति हुन नपाएको तर काठ जलेर सखाप भएको जङ्गलालले बताए। '३० वटा बाख्रा छन्। ती खोरमै भाको भए निकै ठूलो क्षति हुने रहेछ,' उनले भने, 'तर गोठमा भएको ५० हजारभन्दा बढीको काठ जलेर नष्ट भयो।' 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.