पहिलो ओभरमा नेपाल 'ए' लाई सफलता,ऐरीले लिए विकेट
काठमाडौं : टी-२० अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध नेपाल 'ए'लाई पहिलो सफलता मिलेको छ। नेपालका लागि पहिलो ओभरमा दोस्रो बलमा कमल सिंह ऐरीले नेपाललाई सफलता दिलाएका हुन्।
त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएका हुन्
टी-२० खेल्ने टिम नेपाल‘ए’मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।