याडिया जीसिक्स स्कुटर सार्वजनिक
काठमाडौं : याडियाका लागि नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया जीसिक्स स्कुटर सार्वजनिक गरेको छ। काटमाडौंमा आयोजित कार्यक्रममा बिहीबार विद्युतीय स्कुटर सार्वजनिक गरेको छ।
एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेञ्ज दिने कम्पनीले दावी गरेको छ। ब्याट्रीको सन्दर्भमा यसमा ग्रेफिन ब्याट्री टीटीएफएआर थर्ड जेनेरेसन राखिएको छ। ७२ भोल्ट भोल्टेज रहेको यस ब्याट्रीको क्षमता ३८ एम्पिएर आवर रहेको छ।
कम्पनीका अनुसार यसलाई फुल चार्ज गर्न छ देखि सात घण्टा लाग्छ। यसको ब्याट्री र मोटरमा कम्पनीले दुई वर्ष वा २० हजार किलोमिटर वारेन्टी दिने जनाएको छ। यसको मूल्य दुई लाख ६० हजार रुपैयाँ राखिएको छ।