अनरको 'एक्स–७ बी' नेपाली बजारमा, के छन् विशेषता?
काठमाडौं : अनरको 'एक्स–७ बी' नेपाली बजारमा आएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले आकर्षक अर्ली-बर्ड अफरको साथ अनर एक्स७बी लन्च गरेको घोषणा गरेको हो।
६००० mAh ब्याट्रीद्वारा संचालित अनर एक्स७बीले सुपर पावर 72 आवोर ट्यागलाइन पाएको छ। ६,०००mAh अल्ट्रा-लार्ज ब्याट्री भएको अनर एक्स७बीले DXOMARK बाट ब्याट्रीमा गोल्ड लेबल पाएको छ।
अनर एक्स७बी ले १/१.६७-इन्च सेन्सरको साथ १०८ एम पी मुख्य क्यामेरा राखेको छ। अनर एक्स७बी ले 1.92µm मापनको पिक्सेल साइज प्राप्त गर्न 9-in-1 पिक्सेल बिनिङलाई समर्थन गरेको जनाएको छ।
९१.३% स्क्रिन-टु-बडी अनुपातको साथ ६.८-इन्च HONOR फुल भ्यू डिस्प्ले फिचर गर्दै, अनर एक्स७बी ले FHD+ रिजोल्युसन र 16.7 मिलियन रंगहरूको रंग गहिराइलाई समर्थन गरेको छ।
यसको अर्को रोचक पक्ष यसको अडियो हो। डुअल स्पिकरलाई सपोर्ट गर्दै अनर एक्स७बी को भोल्युम २०० सम्म जान सक्ने भएकाले यो तपाईंको खल्तीमा स्पिकर जस्तै हुने कम्पनीले जनाएको छ।
सेलट्रोन नेपालले अनर एक्स७बी को मूल्य (८+८)/२५६ जीबी भेरियेंट का लागि २३ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ भने अर्ली बर्ड अफर पनि घोषणा गरेको छ जहाँ ग्राहकहरूले अनर एक्स७बी मात्र २२ हजार ९९९ मा प्राप्त गर्न सक्नेछन्।
यो अफर ३१ मार्च सम्म मान्य हुनेछ र सो अवधि भित्र अनर एक्स७बी खरिद गर्ने जो कोहीले यस अफरको मजा लिन सक्छन्। यो फ्लोइङ सिल्भर, इमराल्ड ग्रीन, र मिडनाइट ब्ल्याक गरि तीन रंगहरूमा उपलब्ध छ। अफलाइन र अनलाइन प्लेटफर्महरू मार्फत खरिद गर्न सकिन्छ। अफलाइनको लागि यो अधिकृत खुद्रा पसलहरू तथा अनलाइनमा दराज र हुकुट मार्फत खरिद गर्न सकिन्छ।