प्रलोभनमा पारेर विवाह, पछि बेचबिखन

प्रलोभनमा पारेर विवाह, पछि बेचबिखन
सुन्नुहोस्

काठमाडौं : मानव बेचबिखनको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासीको कावासोती नगरपालिका-८ घर भइ हाल पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्री रहेका छन्। 

काठमाडौंबाट पोखरामा साथी भेट्न जाने क्रममा उनले आफूसँगै सिट परको युवतीलाई विभिन्न प्रलोभन पारेर नजिक बनाएका थिए। उनले युवतीलाई 'आफू अविवाहित रहेको, तिमी मलाई मन पर्‍यो म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मृगौलाको उपचार गर्ने मैले डाक्टर चिनेको छु' भनेर बुटवल पुर्‍याएका थिए। उनले बुटवल पुर्‍याएर ती युवतीसँग विवाह गरेका थिए। 

उनले आफन्तहरुबाट सापट मागेर युवतीको बहिनीको उपचारका लागि ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु भनेर ६ लाख रुपैयाँ लिएका थिए। विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटक पटक नेपालको सीमा नजिक भारतको बजार पुर्‍याएकोमा चेलिबेटी बेचबिखन विरुद्ध संस्थामा कार्यरत महिलाहरुले बेचबिखनमा पर्न सक्ने जानकारी गराएपश्चात नेपाल फर्की आएको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भक्तपुरको दुधपाटीबाट पक्राउ गरेको हो। 

पक्राउ परेका उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको ब्युरोका प्रवक्ता गौतम मिश्रले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.