सर्वस्वसहित जन्मकैदको सजाय पाएका अभियुक्त १४ वर्षपछि पक्राउ

सर्वस्वसहित जन्मकैदको सजाय पाएका अभियुक्त १४ वर्षपछि पक्राउ
सुन्नुहोस्

परासी : हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैद पाएका एक जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले १४ वर्षपछि पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर गाउँपालिका-७ झोलनीपुर बस्ने नौमी प्रसाद राजभर छन्। हत्याका मुख्य योजनाकार रहेका उनलाई भारतीय सीमासँग जोडिएको नवलपरासीको महेशपुरबाट सूचनाका आधारमा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए। 

२०६६ असोज ११ गते छिमेकी अरविन्द्र राजभरलाई अन्य तीन जनाको सहयोगमा उनले हत्या गरेको अदालतले ठहर गरेको थियो। हत्यामा संलग्न अन्य तीन जना भने सजाय काटिसकेका छन्। 

जग्गाको रकम लेनदेनका विषयमा चार जना मिलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापश्चात मृतक अरविन्द्रको शव १२ दिनपछि गण्डक पावर हाउस नजिक फेला परेको थियो। हत्यापछि आफ्नो नाम विक्रम सिंह राखेर उनी भारतको दिल्लीमा लुकिछिपी काम गर्दै आएका थिए। 

२०७५ साल वैशाख ५ गते जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएका उनलाई सजाय भुक्तानका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.