एक महिनामा ३२ फरार अभियुक्त पक्राउ

एक महिनामा ३२ फरार अभियुक्त पक्राउ
सुन्नुहोस्

नुवाकोट : नुवाकोटमा फरार अभियुक्त पक्राउ अभियान सञ्चालन गरिएको छ। एक महिनाको अवधिमा ३२ जना फरार अभियुक्त पक्राउ परेका छन्। 

नुवाकोटमा विभिन्न समयमा अपराध गरी अदालतबाट समेत दोषी ठहर भई फरार रहेकामध्ये फागुनमा मात्रै ३२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

पक्राउ परेकाहरूबाट सवा दुई लाख रुपैयाँ भन्दा बढी जरिवाना संकलन गरिएको छ। उनीहरूबाट २ वर्ष, १० महिना, ७ दिन कैद सजायका साथमा नगद दुई लाख २४ हजार ८६० रुपैयाँ जरिवाना असुल भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

यसैगरी नुवाकोटको कोल्पुटारमा सवारीसाधन प्रयोग गरी मकै चोरी गर्ने गाडी चालकलाई पक्राउ गरिएको छ। बेलकोटगढी नगरपालिका ५ केउरेनीको सन्तोष अधिकारीको घरपिढीमा राखेको ८ बोरा मकै चोरी गर्ने बा२०च ५४४३ नम्बरको  बोलेरो पिकअप गाडीमा  धादिङको गजुरी गाउँपालिका-५ का  सुदीप परियार समेतका व्यक्तिहरूलाई पक्राउ गरिएको डीएसपी खड्काले बताए।

राति सबै सुतिरहेको मौका पारी घरको पिँढीमा रहेको मकै लोड गर्दै गरेको अवस्थामा  मानिसले थाहा पाउँदा तत्कालै गाडीको ढाला समेत नलगाई गाडीसहित भाग्दै गरेको अवस्थामा प्रहरी टोलीले नुवाकोटकै बेलकोटगढी नगरपालिका-५ मा उक्त गाडीलाई नियन्त्रणमा लिएको र त्यसका चालक सुदिप परियारलाई पक्राउ गरिएको खड्काको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.