नेपाल आइडल सिजन ५ को अडिसन हेटौंडामा

नेपाल आइडल सिजन ५ को अडिसन हेटौंडामा
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल आइडलको पाँचौ सिजनको अडिसन सुरु भएको छ। मंगलबार हेटौंडा उपमहानगरपलिका-९ स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलमा प्रि-अडिसन भएको हो। प्रि-अडिसन मकवानपुरसहित छिमेकी जिल्लाहरूबाट गायनमा रुचि भएकाहरूको उत्साह रहेको छ।

नेपाल आइडलको प्रि-अडिसन चितवनबाट बिहानै हेटौंडा आएकी सिर्जना थापाले आफूले यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रमहरूमा सहभागी हुँदै आएको बताइन्। नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा भविष्य बन्ने विश्वास भएकाले सहभागी हुन आएको बताइन्। 

यस्तै हेटौंडा-९ कर्राबाट अडिसनका लागि आएका सुमन परियारले यसअघि अन्य यस्ता कार्यक्रमहरू सहभागी जनाएको बताए। उनले भने, ‘अन्य कार्यक्रमहरूमा सहभागिता जनाउँदा सबैबाट राम्रो फिल्ड ब्याक आएको थियो। गीत संगीतमा सानैदेखि रुचि भएकाले नेपाल आइडलमा आएको हुँ।’

यस्तै रविन सुवेदीले गीत संगीतमा रुची भएकादेखि गीत संगीतमा वर्षौदेखि साधना गर्दै आएकाहरूका लागि उत्कृप्ट प्लेटफर्म भएकाले आफू पनि सहभागी हुन आएको बताए। हेटौंडा-८ का सक्षम लामा पहिले घरमा गाउँदै आइरहेको थिए। ‘नेपाल आइडल हेटौंडामा भएको थाहा पाए यो राम्रो अवसर हुनसक्छ भन्ने सोचेर सहभागी हुन आएको हुँ’, उनले भने। 

गत पुस २१ गतेदेखि झापाबाट सुरु भएको सिजन ५ को अडिसनको भोलि दोस्रो चरणको अडिसन हुने सिजन ५ का निर्देशक सुरेश पौडेलले बताए। हेटौंडापछि आइडलको अडिसन माघ ८ मा अत्तरिया, माघ १३ मा विरेन्द्रनगर, माघ १८ मा घोराही, माघ २३ मा पोखरा र अन्त्यमा काठमाडौंमा हुने उनले बताए। 

नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बास्कोटा निर्णायकको भूमिकामा रहेका छन् भने कार्यक्रमलाई रीमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरिरहेका छन्। नेपाल आइडलमा यसअघिका सिजनहरू १ देखि ४ सम्म क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर विजयी भएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.