भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री दाहाल बझाङ प्रस्थान

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री दाहाल बझाङ प्रस्थान

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङ प्रस्थान गरेका छन्।  प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरबाट केही समयअघि बझाङ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले भूकम्पले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गर्ने जिल्ला विपद व्यवस्थापन समितिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री दाहालले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन् ।

सिंहदरबारमा बिहीबार विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा उनले प्रभावित नागरिकलाई राहतका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने बताएका हुन्।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा धनजनको क्षति पु्र्‍याएको छ। भूकम्पमा परी एकजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन्। दर्जनौं घर भत्किएका छन्।

भूकम्परको पराकम्पहरू अझैं रोकिएका छैनन्। बिहीबार राति १०:५२ र १२:२४ बजे फेरि भूकम्पको धक्का भएको हो । भुकम्पबाट त्रसित बझाङबासी घर बाहिर खुल्ला चौर,मैदान र सडकमै रात बिताउन बाध्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.