MENU

अन्नपूर्ण टिभी

ग्ल्यामर क्षेत्रलार्इ सजिलो नठानौं ग्ल्यामर क्षेत्रलार्इ सजिलो नठानौं सिन्धुपाल्चोक चौताराकी जैना कुँवर हाल स्नातक तहमा अध्ययनरत छिन् । १९ बर्षिया उनलाई अरु मोडलले र्‌याम्पमा हिँडेको देख्दा आफूलाई पनि मोडलिङ गर्ने रहर जागेको हो । ५ फिट ६ इन्च अग्लि उनले एसएलसीपछि एउटा कपडाको ब्रान्डका लागि मोडलिङ गर्ने अवसर पाएपछि उनको मोडलिङ यात्रा आरम्भ भयो । १२ भागको टेलि श्रृंखला 'स्मार्ट साथी'मा अभिनय गरेकी उनले चलचित्र 'जोनी जेन्टल म्यान' पनि काम गरेकी छन । मोडलिङबाहेक अरु केमा रुचि छ ? पुस्तक पढ्न, पुरुषसरह फुटबल खेल्ने मनपर्छ । फुर्सदमा गायन र नृत्यमा रमाउँछु । भविष्यको लक्ष्य ? मोडलिङ क्षेत्रलाई निरन्तरता दिनेछु । एयर होस्टेज बन्ने चाहना छ । राम्रो भूमिका पाए चलचित्र अभिनयलाई निरन्तरता दिने विचार छ । मोडलिङमा लागेर जीवन यापन गर्न सकिन्छ ? विदेशमा जस्तै नेपालमा पनि सरकारी तवरबाट यस क्षेत्रमा लाग्ने ब्यक्तिका लागि तालिम र अवसरको सिर्जना भएमात्रै भविष्य उज्जवल हुन सक्छ । नत्र मोडलिङमा लागेर गुजारा चलाउन गाह्रो होला । म्यूजिक भिडियोको लहर चलेको छ नी ? मलाई पनि प्रस्ताब आएकै हो तर पढाईका कारण गर्न सकेको छैन । राम्रो म्युजिक भिडियो पाएँ भने अब अवस्य काम गर्नेछु । यस क्षेत्रमा आउन चाहनेलाई के भन्नुहुन्छ ? मोडलिङ र ग्लामर क्षेत्रलाई सजिलो ठानेर आउनुभन्दा यस क्षेत्रका बारेमा तालिम लिएर आउनु राम्रो हुन्छ ।
12