देशमा राजनीतिक र आर्थिक संकट देखा पर्न थाल्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी मिल्दा दुईतिहाई आएपनि अहिले सबै मिल्दा पनि आउने स्थिति नभएको बताएका छन्। मंगलबार दिउँसो संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा खनालले देशमा संकट मडारिएको दाबी गरेका हुन्।
एकीकृत समाजवादीका सम्मानीत नेता खनालले भने,‘राजनीतिमा पनि संकट आइरहेको छ। जनताले पनि अविश्वास गरे। संघीय संसदमा कुनै पार्टीको पनि बहुमत प्राप्त हुन सकेन। तीनै जना हुन् हिजो दुई समूह मिल्दा मात्र पनि दुई तिहाई बहुमत आएको थियो। अहिले सबै पार्टी मिल्दा पनि पनि बहुमत आउँछ कि आउँदैन भन्ने स्थिति भइरहेको छ। राजनीतिक संकट बढिरहेको छ।’
खनालले आर्थिक, सामाजिक र सांस्कृतिक संकट उत्पन्न भइरहेको बताए। उनले वर्षभरी उठेको राजश्वले हाम्रो खर्च धान्न नसकिएरहेको उल्लेख गरे। उनले देशमा नेताहरुले गम्भीर रुपमा हेर्नुपर्ने अवस्था आएको उनको भनाई छ। नेम्वाङलाई स्मरण गर्दै खनालले आन्तरिक मतभेद भएपनि वामपन्थीहरु मिल्नुपर्ने आवश्यकता रहेको बताए।
चुच्चे नक्सामा सबै दल मिलेको स्मरण गर्दै राष्ट्र निर्माणको सवालमा सबै एकै ठाउँमा उभिनुपर्ने धारणा राखे।
प्रतिक्रिया दिनुहोस !
