बाढी प्रभावित लिबियामा रोगको जोखिम

लिबिया : लिबियाको बाढीप्रभावित सहर डेर्नामा एक साताअघि हजारौंको ज्यान जाने गरी फैलिएको बाढीले ‘दोस्रो विनाशकारी संकट’ निम्त्याउन सक्ने खतरा रहेको संयुक्त राष्ट्रसंघका निकायहरूले सोमबार चेतावनी दिएका छन्।
गत सेप्टेम्बर १० मा आएको आँधी ‘ड्यानियल’ का कारण युद्धग्रस्त उत्तरी अफ्रिकी देशमा आएको भीषण बाढीका कारण तीन हजारभन्दा बढीको मृत्यु हुनुका साथै हजारौं हराइरहेका थिए। हैजा, झाडापखाला, निर्जलीकरण (डिहाइड्रेसन) र कुपोषणको बढ्दो जोखिमका बीच ३० हजार व्यक्ति घरबारविहीन भएका बासिन्दालाई स्वच्छ पानी, खाना र आधारभूत आपूर्तिको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकायहरूले चेतावनी दिएका छन्।
लिबियास्थित संयुक्त राष्ट्रसंघीय सहायता मिसनले भनेको छ, ‘संयुक्त राष्ट्रसंघका ९ वटा निकायका टोली विगत केही दिनदेखि आँधी ड्यानियल र आकस्मिक बाढीबाट प्रभावितहरूलाई सहायता र सहयोग पु¥याइरहेका छन्।’
प्रतिक्रिया दिनुहोस !
