चोकोफनको नयाँ विज्ञापन अभियान सुरु

काठमाडौं : कन्फेक्सनरी कम्पनी सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ।
कम्पनीका अनुसार ‘वन्ली चोकोफन’ भन्ने सज्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ।
चोकोफन देशकै पहिलो र ओर्जिनल चकलेट वेफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमनमा बसेको कम्पनीले जनाएको छ। विगत दुई दशक भन्दा बढी समदेखि आफ्ना हरेक ग्राहक वर्गमा मिठास छर्दै आएको कम्पनीको दाबी छ।
यस विज्ञापन अभियान मार्फत बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई ‘वन्ली चोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ।
बालबालिकाहरूको विभिन्न रमाइला पलहरूमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरूको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा ‘वन्ली चोकोफन’ छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मीडिया तथा सामाजिक सञ्जाल मार्फत प्रवाह गरिएको छ।
बालबालिकाहरूले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन्। उनीहरूको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरूलाई नै समेटेर ‘वन्ली चोकोफन’को टेलिभिजन विज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँदछ।
विज्ञापनमा बालबालिकाहरू एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै ‘वन्ली चोकोफन’ नै उनीहरूको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
विगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दै आएको आईएसओ २२०००:२०१८ सर्टिफिकेट कम्पनी सुजल फूड्स प्रालिको लोकप्रिय उत्पादन हो चोकोफन। अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ।
‘क्रिस्पि र क्रन्चि’ वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट रहेको कम्पनीको दाबी छ।
यस विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरूको जीवनमा चोकोफन अभिन्न अंगक रुपमा स्थापित हुने र उनीहरूको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी विश्वस्त रहेको छ।
प्रतिक्रिया दिनुहोस !
