इतिहासमा पहिलो पटक देशको शीर ठाडो पारेर फर्किएको छु : प्रधानमन्त्री

इतिहासमा पहिलो पटक देशको शीर ठाडो पारेर फर्किएको छु : प्रधानमन्त्री
सुन्नुहोस्

नुवाकोट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री समक्ष आफूले सीमाको कुरा स्पष्टसँग राखेको जिकिर गरेका छन्। आफ्नो भारत भ्रमणले निकै चर्चा पाएको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समस्या समाधान गरिने प्रतिबद्धता जनाएको दाबी गरे। 

नुवाकोटको लाँकुरी भञ्ज्याङमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान नेपालको सीमा समस्या, पारवहन सन्धीलगायत धेरै विषयमा भारतीय पक्षसँग कुराकानी गरिएको र भारत नेपालको विकासमा सकारात्मक रहेको बताए। भारतसँग गरिएको विविधि विकासका साथै विद्युत बिक्रीको सम्झौताले नेपालको परिवर्तन हुने प्रचण्डको भनाइ छ। 

भारत भ्रमणको विषयले धेरै चर्चा पाएकोप्रति प्रधानमन्त्री प्रचण्डले ‘आफ्नो यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्वपूर्ण र ऐतिहासिक भएकोसमेत बताए। उनले, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुभएको छ।' यो ठूलो उपलव्धि भएको उनको भनाइ छ।

 
उनले भ्रमणका बेला भारतसँग गरिएको सहमति र सम्झौता नै सिंगो राष्ट्रका लागि गौरवको विषय भएको दाबी गरे। 'विविध पक्षमा सहमति भएका गरेर इतिहासमा पहिलो पटक देशको शीर ठाडो पारेर फर्किएको छु,’ उनले भने। 

उनले चार वर्षदेखि रोकिएको पारवहन, २६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना ३ महिनाभित्र अगाडि बढाउने सहमति भएको बताए। १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएको उनको भनाइ छ। उनले वैकल्पिक हवाई मार्गका लागि सकारात्मक छलफल भएको बताए। 

प्रधानमन्त्री प्रचण्डले आफ्नो काम नगरी विरोध गर्नेहरु बढिरहेको उल्लेख गर्दै सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि आफ्नो विरुद्ध लागिरहेको बताए। अहिले देशमा भ्रष्टहरू अत्तालिन थालेको उनले बताए।

‘काठमाडौंको सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्‍यौं। त्यसको बलमा स्थानीय तह निर्वाचनमार्फत् मात्र सिंहदरबार गाउँघरमा आएको हो। यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्,' उनले भने।

वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताए। विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएको प्रचण्डको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.