राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा नेपाली टोली चीन जाँदै, को को छन् टोलीमा?

राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा नेपाली टोली चीन जाँदै, को को छन् टोलीमा?
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएका छन्। उनीहरू चाइना साउदर्नको विमानबाट शनिबार राति चीनको बेइजिङ प्रस्थान गर्दैछन्।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा आयोजना हुने 'पाँचौं चीन-तिब्बत पर्यटन र संस्कृति प्रदर्शनी'मा सहभागी हुन उनीहरू चीन जान लागेका हुन्। उक्त प्रदर्शनमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ। 

टोलीमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, राप्रपाका सांसद धवल शमशेर जंगबहादुर राणा, जसपाका प्रदीप यादव, राष्ट्रियसभाका सांसदहरू उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी रहेका छन्। टोलीमा राष्ट्रियसभा अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संसद सचिवालयका उपसचिव रामहरि थापा रहेका छन्। 

उनीहरू बेइजिङ, संघाइ हुँदै ल्हासा आउने कार्यक्रम छ। ल्हासा आउनुअघि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नेशनल पीपलस् कांग्रेसका स्थायी कमिटीका अध्यक्ष चाओ लिजी र चाइनिज पीपलस् पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ हुनिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपाली टोलीले बेइजिङमा बइडी ग्रुप, स्टेट ग्रीड कर्पोरेशन, माओज् मेमोमेरियल लगायत स्थानको भ्रमण अवलोकन गर्नेछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.