ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

ढल्केवर : महोत्तरीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको औरही नगरपालिका-२ का ६० वर्षीय ताहिर अंसारी रहेको प्रहरीले जनाएको छ।

शनिबार औरही–बर्दिबास भित्रि सडक खण्डमा बर्दिवास नगरपालिका-२ बुद्ध चौकस्थित विद्युतीय पोल लोड गरेको ज १ त १७४३ नम्बरको ट्याक्टरमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ज४ प २३५१ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए। 

उनका दुर्घटनामा गम्भीर घाइते भएका अन्सारीको बर्दिवासस्थित सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मोटरसाइकल र ट्याक्टर इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको र ट्याक्टर चालक  फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.