धनुषामा प्रहरी हिरासत फोडेर भागेकामध्ये थप एक थुनुवा पक्राउ

धनुषामा प्रहरी हिरासत फोडेर भागेकामध्ये थप एक थुनुवा पक्राउ
सुन्नुहोस्

ढल्केवर(धनुषा) : इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने २५ वर्षीय रोशन यादव रहेका छन्।

योसँगै इप्रका महेन्द्रनगरको हिरासत कक्षबाट फरार रहेका ६ जना नै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये यसअघि ५ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिएको थियो।

बाँकी फरार अवस्थामा रहेको सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका यादवलाई शनिबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोत्तरीको औरही बजारस्थित आफ्नो दिदीको घर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.