स्याङ्जा बयँरघारी बजारमा आगलागी
स्याङजा : भीरकोट नगरपालिकाको मुख्य बजार स्थित झरना फोटो स्टुडियोभित्र आगलागी भएको छ।
भीरकोट-१ बयरघारी बजारस्थित सो घरमा गएराति झण्डै १ बजे भएको आगलागीबाट लाखौं मूल्य बराबरको क्षति पुगेको बताइएको छ।
स्टुडियोमा रहेका चारवटा भिडियो खिच्ने क्यामेरा, पाँचवटा ल्यापटप, दुई वटा डेस्क टप कम्प्युटर, २ वटा प्रिन्टर र बिक्रीका लागि राखिएका खेलकुद सामग्रीहरू जलेर पूर्ण रूपमा जलेर नष्ट भएको स्टुडियो सञ्चालक राजेश पौडेलले बताए।
रातमा भएको आगलागीका कारण कुनै पनि समान झिक्न नपाइएको उनको भनाइ छ। के कति कारणले आगलागी भयो थाहा भएन।
खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। दमकल, स्थानीयवासी तथा प्रहरीको सहयोगबाट आगो गएराति नै निभाइएको थियो।