गर्मी बढेपछि धनगढीमा चार दिनका लागि विद्यालय बन्द

गर्मी बढेपछि धनगढीमा चार दिनका लागि विद्यालय बन्द
सुन्नुहोस्

धनगढी : धनगढीमा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएका छन्। धनगढी उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि ४ दिनका लागि उपमहानगर भित्रका सबै विद्यालयहरु बन्द गरेको हो। 

‘अत्यधिक गर्मीका कारण विद्यार्थीहरुमा समस्या देखिन थालेकाले बर्खे वा हिउँदे बिदाबाट मिलान हुने गरी आइतबार देखि ४ दिनसम्मका लागि उपमहानगरभित्रका विद्यालयहरु बन्द गर्न अनुरोध छ’ उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मंगलबारदेखि धनगढीको तापक्रम उकालो लागेको हो। मंगलबार ३७ डिग्री सेल्सीयस रहेको तापक्रम शुक्रबार ४० दसमलव ५ डिग्री पुगेको छ। बिहीबार र शुक्रमबार ४० दसमलव ५ डिग्री मापन भएको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका प्रमुख सिंगल चौधरीले बताए। 

उनले मंगलबारदेखि तापक्रम उकालो लागेको बताए। धनगढीमा न्युनतम तापक्रम पनि २६ डिग्रीभन्दा तल नझरेपछि अत्यधिक गर्मी महसुस भएको छ। धाममा बाहिर निस्कन नसक्ने अवस्था आएकाले सर्वसाधारण समस्यामा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.