कांग्रेस कमजोर भएको होइन, मानसिकता कमजोर भयो : डा. शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर नभएको बताएका छन्। शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसको मानसिकता कमजोर भएको बताएका हुन्।
उनले भने,‘कांग्रेस कमजोर भएको छैन । हाम्रो मानसिकता कमजोर भएको हो।’
कोइरालाले कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ’सामाजिक सञ्जालमा राम्रो लेखेर वा नराम्रो लेखेर, गाली गरेर कांग्रेस नबन्ने बताउँदै उनले जनताको सुखदुखमा कसरी सामेल हुन्छौं त्यसमा भरपर्छ। ’
कोइरालाले निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्ने धारणा राखे। उनले सरकारले निर्वाचन कार्यालयलाई सिडीयो मातहतमा राख्नु गलत भएकाले सच्याउनुपर्ने स्पष्ट पारे।
उनले बजारमा मंहगी बढेपनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए। कोइरालले कांग्रेसमा गुटउपगुट हुनु नहुने बताए। उनले भने, ’कांग्रेस नेताले आफ्नो कमजोर ढाकछोप गर्न राजाले बोल्दा गणतन्त्र गयो भन्छन्। तर जाँदैन। हामी समानताको पक्षमा छौं।’
प्रतिक्रिया दिनुहोस !
