संसारी माई महापूजाले जलेश्वरमा उल्लास

संसारी माई महापूजाले जलेश्वरमा उल्लास
सुन्नुहोस्

जनकपुरधाम : शुक्रबार महोत्तरीको जलेश्वरलाई संसारी माई महापूजाको रौनक छप्पक छोप्यो । पाँच वर्ष बनाइने संसारी माइको पूजाले भक्तसागरले भरिभराउ रह्यो। नेपाली सेनाले मुख्यपूजारी महिन्द्र मुखियाको घरमा रहेको संसारी माइको थानमा सलामी दिएर हर्ष बढाई गर्‍यो। 

मटिहानी नगरपालिकाले हेलिकोप्टरबाट पुष्पवृष्टि गरेर भक्तजन तथा नगरबासीमा उमंग भरिदियो। माता प्रतिको आस्थाले ४३ डिग्री तातो घामले पनि रोकेन। दिउँसो तातो घाममा पनि भक्तजनहरु घरबाट निस्किएर महापूजाको मेलामा रमाए। माताको महिमा गानको धुनले सबैमा आशाको सञ्चार गरायो।  एक साता अघिबाट सुरु भएको महापूजाको अन्तिम दिन थियो शुक्रबार । घरघरबाट पशु वली प्रदान गर्न मानिसहरु लाम लागेको थियो।

जलेश्वर स्थित वरुणसर (पोखरी)को किनारमा रहेको संसारी माताको मन्दिर परिसरमा पञ्चवली प्रदान गरिएको संसारी माता महापूजा मूल समारोह समितिका अध्यक्ष अशोक कुमार साहले बताए।

संसारी मातालाई हरेक धर्म सम्प्रदायले मान्ने गरेको छ। हरेक सम्प्रदायको पहिचान बोकेको संसारी माईको पुजालाई भक्तजन, गाउँले र सरकारले धार्मिक तथा साँस्कृतिक पर्वको रुपमा मनाउँछन्।

बोका, हाँस, कुखुरा, परेवा, सुँगुर र राँगाको बलिप्रदान गरिएको थियो। संसारीमाई महापूजामा जलेश्वर नगरपालिकाको प्रत्येक घरबाट अनिवार्य रुपमा बलि दिइने चलन छ। संसारीमाईसँग भाकल गरेका भारत तथा विभिन्न जिल्लाका भक्तजनहरुले समेत आ-आफ्ना गच्छे अनुसार बलि दिने गरेका छन्। 

संसारीमाई पञ्च वार्षिक महापूजाको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन नगर सरसफाई गरी पुजाको कार्यक्रम सुरु भएको थियो। शनिबार दोस्रो दिन कलश यात्रा गरिएको थियो। २१ गते महापाठ, २२ गते लखराम पुजा, २३ गते हनुमान आराधना, २४ गते अष्टयाम, २५ गते विडी सलामी र महाआरती र २६ गते बलिप्रदान गरी पञ्च वार्षिकी महापूजाको समापन हुँदैछ।

अनादीकालमा जलेश्वरमा महामारी आएर दर्जनौं व्यक्तिको मृत्यु भइरहेको बेला स्थानीयले संसारीमाईलाई आह्वान गरी माहामारी रोके पूजा गर्ने वचनबद्धता प्रकट गरेका थिए। पछि माता संसारीले महामारी रोकिदिएको र सोही बेलादेखि स्थानीयले माता संसारीको पूजा गर्दै आएको किम्बदन्ती रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.