प्रचण्डले भारतसँग सीमा मिचिएको कुरै उठाएनन्, भ्रमण असफल भयो : ओली

प्रचण्डले भारतसँग सीमा मिचिएको कुरै उठाएनन्, भ्रमण असफल भयो : ओली
सुन्नुहोस्

स्याङ्जा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण सफल नएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी मिचिएको कुरा नउठाएको उनको भनाइ छ।

उनले वर्तमान सरकारको कुनै गन्तब्य नभएको आरोप लगाए। सरकार कामभन्दा पनि हल्लाको पछाडी लागेको उनले बताए।

आँधीखोला गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै ओलीले सरकारको काम गर्ने ल्याकत नभएको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो कार्यकालको तीन वर्षमा विकासले ठूलो फड्को मारेको दाबी गरे। 

दस पार्टी मिलेर बनेको सरकार हल्लाको पछाडि लागेको उनले बताए। 'सरकारले जनताको ढाड सेकाउने काम गरेको छ। निरास नहुनुस् अब, एमालेले नै विकास र समृद्धि ल्याउने छ,' उनले भने। एमाले सधैं प्रतिपक्षमा बस्ने पार्टी नभएको बताउँदै उनले सत्ताको लागि पनि मरिहत्ते नगर्ने उनको भनाइ छ। 

आँधीखोलाले चार हजार वर्षको इतिहासलाई पालिका भवनले पहिचान गरेको उनले बताए। आफू २०४२ सालमा स्याङ्जा जेल बस्दाको स्मरण गर्दै ओलीले स्याङ्जाले विकासमा ठूलो फड्को मारेकोमा खुसी ब्यक्त गरे। 

यहाँका गाउँगाउँमा मोटरबाटो, बिजुली बत्ति, खानेपानी पुगेको बताउँदै पूर्वाधार, स्वास्थ्य, शिक्षामा फड्को आफू प्रधानमन्त्री हुदाँ गरेको बताए। एकैदिन आफूले ३ सय ९६ योजनाको शिलान्यास गरेको योजनामा सरकारले बजेट कटौति गरेर विकास रोकेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.