स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एकजना पक्राउ

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एकजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : बाँकेको नेपालगंज उपमहानगरपालिका -१६ चौलिका चोकबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन्।  बाँकेको डुडुवा गाउँपालिका ४ साहपुरुवा बस्ने

३५ वर्षीय उमाकन्त गुप्तालाई १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा सो रकम बरामद गरेको हो। उनले रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.