लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि प्राथमिकतामा, लुम्बिनी भ्रमण दशक मनाउने

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि प्राथमिकतामा, लुम्बिनी भ्रमण दशक मनाउने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभासमक्ष पेश गरेका हुन् । नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।

यस्तै,लुम्बिनी भ्रमण दशक मनाउने,बृहत् ‘बुद्ध सर्किट’विकास गर्न र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न संघसँग समन्वय गर्ने साथै अन्तर्राष्ट्रिय करुणा तथा शान्तिकेन्द्र स्थापना गर्न अध्ययन गरिने उल्लेख छ । 

प्रदेश प्रमुख शेरचनले ‘बिरामी होइन स्वस्थ हुने प्रतिस्पर्धा गरौं’भन्ने अभियान सञ्चालन गरिने बताए । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ ।

प्रदेशका १२ वटै जिल्लामा साना सिंचाइ आयोजनामार्फत् तीन सय हेक्टर सिंचित क्षेत्र विस्तार र सम्पन्न भएका ठूला सिंचाइ आयोजना बाणगंगा, प्रगन्ना, बबई, सिक्टा सिंचाइको प्रभाव क्षेत्रमा उपयुक्त बाली चक्रमार्फत् २ हजार हेक्टर क्षेत्रफलमा बाली सघनता वृद्धि गर्ने कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.