पूर्णबहादुर बने इसेवा मनि ट्रान्सफरको बम्पर विजेता, नेपाल आउँदै

काठमाडौं : डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’अभियानमा पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन् । लुलु एक्स्चेन्ज र ईसेवा मनि ट्रान्सफरको समन्वयमा लुलु शाखा,सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाइ ज्ञापन गरिएको थियो ।
इसेवा मनि ट्रान्सफरका, सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारिले उक्त कार्यक्रममा श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन् ।
कार्यक्रममा लुलुका उपमहाप्रबन्धक फैसल अहमदस, प्रमुख रघुपति वेन्कीटाकृष्णनस, प्रमुख डिजिटल हरेश पिल्लै,मिडिया तथा मार्केटिङ प्रबन्धक अजिम उम्मेर र अन्य ग्राहकहरूको उपस्थिति थियो।
विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा- ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भएका हुन् ।
श्रेष्ठले लुलु एक्स्चेन्ज,युएईबाट ईसेवा मनि ट्रान्सफरमार्फत् बैंक खातामा रेमिट्यान्स् पठाएका थिए ।
इसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।
डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’अभियानमार्फत् विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।
७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए ।
‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरिँदै आएको छ। ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।
साथै इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीलाई आफ्ना १,७५००० भन्दा बढी क्यास प्वाइन्टमार्फत् पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
प्रतिक्रिया दिनुहोस !
