करका दर हेरफेर गर्दा सूचना चुहाएको आरोप झुटो : अर्थमन्त्री

करका दर हेरफेर गर्दा सूचना चुहाएको आरोप झुटो : अर्थमन्त्री
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले वैज्ञानिक कर प्रणालीका कारण राजस्वको दायरा फराकिलो हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार राष्ट्रियसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महतले भ्याटको दर घट्दै जाने र छुट हरेक वर्ष बढ्दै जाने प्रवृतिलाई हटाइएको र राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका हुन्।

अर्थतन्त्रलाई सहज बनाउनका लागि बजेटले चालेको कदमका विरुद्ध केहि स्वार्थ समूहहरू विरोधमा उत्रेको उनको भनाइ  छ।  उनले करको दायराले स्वदेशमा नै उत्पादन हुने प्याज आलू जस्तो वस्तुलाई कुनै असर नपर्ने र आयातलाई निरुत्साहन गर्नका लागि करको प्रस्ताव ल्याइएको जिकिर गरे।

विद्युतीय सवारी साधानमा कर तथा दैनिक उपभोग्य वस्तुमा कर लगाउँदा आमनागरिकलाई असर नगर्ने उनको भनाइ छ । विधुतीय सवारीमा कम क्षमताका सवारीका लागि कम दर, बढी क्षमताका लागि बढी, त्योभन्दा पनि बढी क्षमताका गाडीलाई अझ बढी दर लगाइएको अर्थमन्त्रीले बताए ।

उनले विद्युतीय सवारी साधनमा करको दर हेरफेर गर्दा सूचना चुहाएको आरोप झुटो भएको जिकिर गरे । त्यस्तै उनले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य प्रभाकारी खर्च ,नीजि क्षेत्रको सहि तवरले परिचालन भए सम्भव रहेकाले महत्वकांक्षी नभएको दावी गरे।

उनले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रममाथि अविश्वास गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे। त्यस्तै अर्थमन्त्री महतले स्थानीय उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नका लागि बजेटमार्फत आवश्यक सहजीकरण गरिएको तर्क गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.