पिउने पानी र सरसफाइमा ध्यान दिन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

पिउने पानी र सरसफाइमा ध्यान दिन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
सुन्नुहोस्

काठमाडौं : स्वच्छ पिउने पानी र सरसफाइलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालमा गरेको निरीक्षणका क्रममा ती अस्पतालमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले उपत्यकाका वीर,सहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पतालसहित अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालमा शल्यक्रिया पश्चात बिरामी राख्ने वार्डहरूमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनुपर्ने मन्त्रालयले अस्पताललाई स्मरण गराएको छ । 

गर्मी मौसममा सर्पदंश,आगलागी,झाडापखाला,डंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै बिरामीलाई उपचार सेवा पुर्‍याउन सक्ने गरी आवश्यक औषधि,उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पताललाई  निर्देशन दिएको छ । 

गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने संभावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय स्वरुप स्थानीय स्तरका रेडियो,एफएम र पत्रपत्रिकामार्फ्त जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पताललाई आग्रह गरेको छ । 

हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिकको जीवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले मातहतका संघीय,प्रादेशिक र स्थानीय अस्पताललाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.