तराईमा उखरमाउलो गर्मी, वीरगन्जका विद्यालय थप एक साता बन्द हुने

तराईमा उखरमाउलो गर्मी, वीरगन्जका विद्यालय थप एक साता बन्द हुने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज :  गर्मी कम नभएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरू थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।  यसअघि गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गते सम्म महानगरमा रहेका बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने सबै  सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको थियो । 

तर, यो बीचमा गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि शुक्रबार एक सूचना जारी गरी वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालय थप एक साता अर्थात् अषाढ १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाएको छ । 

तापक्रम घट्नुको सट्टा झन् बद्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप एक साता अर्थात् अषाढ १ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले शुक्रबार जारी गरेको सूचनामा उल्लेखछ । 

पर्सा , बारालगायत मध्यतराईका जिल्लामा पछिल्लो दुई सातायता अत्याधिक गर्मी बढेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४४  डिग्रि सेल्सियससम्म पुगेको छ । बिहीबार वीरगन्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्रि सेल्सियस मापन गरिएको थियो । शुक्रबार तापक्रम झन् बढेर ४४ डिग्रि सेल्सियस पुगेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.