राजनीतिक विकृति हुनुको पछाडि भ्रष्टाचार मुख्य कारक : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखापरेको बताएका छन्। शुक्रबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले नक्कली शरणार्थी प्रकरण,मिटरव्याजी समस्या र विना पैसा कुनै पनि काम नहुने अवस्थाले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखा परेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताए ।
उनले राजनीतिक विकृति हुनुको पछाडि भ्रष्टाचार मुख्य कारक भएको बताए।
उनले राजनीतिकको स्तर माथि उठाउनका लागि,राजनीतिमा देखिएको वितृष्ण घटाउनका लागि आफूहरूले नयाँ यात्रा प्रारम्भ गरेको उल्लेख गरे । उनले इमान्दारहरू पछि गर्ने अवस्थालाई परिवर्तन गर्नकै लागि सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले संविधानमा आँच आउन नदिन सजकतापूर्वक अघि बढ्दै संविधानले प्रत्याभूत गरेका अधिकारहरूलाई स्थापीत गर्दै अघि बढ्नुपर्ने धारणा राखे। राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने समाजवादी प्रेस सङ्गठनले जनाएको छ ।