केपी ओलीमाथि भएको आक्रमणबारे एमालेले माग्यो गृहमन्त्रीको जवाफ

केपी ओलीमाथि भएको आक्रमणबारे एमालेले माग्यो गृहमन्त्रीको जवाफ

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्ना नेतामाथि आक्रमण हुँदा सरकार मूकदर्शक भएर बसेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले आफ्ना नेतामाथि सांघातिक आक्रमण हुँदा समेत सरकार मौन रहेको भन्दै आपत्ती जनाए।

उनले कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचानवादीहरूको प्रदर्शनमा आफ्ना नेताहरूमाथि आक्रमणको प्रयास भएको भन्दै गृहमन्त्रीको जवाफ मागेका छन्।

उनले भने,'केही महिनाअघि पार्टीका अध्यक्ष केपी शर्मा ओली ,संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतको टोलीमाथि आक्रमण भयो। अवरोध सृजना भयो। कालो झन्डा देखाइयो। बाटोमा एम्बुस पनि थापिएको थियो। तर सो घटनाबारे सरकारबाट केही जानकारी आएन। यस्तो किन भइरहेको छ।?

उनले बिहीबार इलाममा र उदयपुरमा आफ्ना नेतामाथि आक्रमणको प्रयास भएको बताए। भट्टराईले  भने,' एमाले केन्द्रीय सदस्य कोशी प्रदेशका सांसद रामरानामाथि इलाममा सांघातिक आक्रमण भएको छ। उहाँको गाडी तोडफोड गर्ने काम भएको छ।  उहाँमाथि मोबिल छर्केर जलाउने कोशिस भएको छ। हामीले प्रतिवाद गरेर उहाँको ज्यान जोगिएको छ। यस्तै उदयपुरको गाइघाटमा कोशी प्रदेशका सभासद सृजना दुवारको गाडी तोडफोड भएको छ। ढुंगामुढा भएको छ। हातपात समेत भएको छ। नजिकै प्रहरीका डीसपीको कमान्ड छ। केही पनि गर्दैन। यो किन भइरहेको छ। यसबारे गृहमन्त्रीको जवाफ चाहन्छौं।

उनले आफ्ना नेतालाई निशाना बनाउँदै पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा दिन नसकेको बताए। राज्यले आफ्ना नेता कार्यकर्ताको सुरक्षा दिन नसके एमाले आफै आफ्ना नेता तथा कार्यकताको सुरक्षा गर्न सक्षम रहेको उनको भनाइ छ।

 सांसद भट्टराईले मधेशमा एमालेलाई लखेट्न खोज्दा पहिलो पार्टी बन्न सफल भएको भन्दै एमालेलाई लखेट्ने नाममा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।

उनले कोशी प्रदेशको आन्दोलनमा एक जनाको कसरी ज्यान गयो भन्ने बारेमा पनि सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.