५० हजार घुससहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन पक्राउ
उनले सेवाग्राहीबाट ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने प्रयोजनको लागि ५० हजार घुस लिएका थिए।
काठमाडौं : घुस लिएको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन (अधिकृत छैठौ तह) लेखनाथ भट्टराई पक्राउ परेका छन्। भट्टराई आज बिहान ५० हजार घुससहित पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले भट्टराईलाई शंखमुलबाट नियन्त्रणमा लिएको हो।
सेवाग्राहीबाट ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने प्रयोजनको लागि ५० हजार घुस लिएको उनीमाथि आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।