नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित
काठमाडौं: विश्वकपको ग्लोबल छनोटअघिको अभ्यास खेलमा स्कटल्यान्डविरूद्ध नेपालले ७ विकेटको पराजय बेहोरेको छ।
दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउनु अघि एक सय ३२ रनको मात्रै योगफल बनाउन सक्यो।
स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५९ रनको अविजित इनिङ खेले। ओपनर क्रिस म्याकब्रिज १३ रनमा आउट हुँदा कप्तान रिची बेरिङटन ४१ रनमा अविजित रहे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरिले दुई विकेट लिँदा गुलसन झा र सोमपाल कामीले समान एक विकेट लिए। पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे। कुशलले २६ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए। यस्तै, ३६ बलमा पाँच चौकासहित २८ रन बनाएर पभिलियन फर्किँदा कुशल भुर्तेलले १६ रन जोडे।
यस्तै दीपेन्द्रसिंह ऐरीले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ स्कटल्यान्डका ज्याक हार्भिस र ब्रान्डन म्याकमुलेनले सर्वाधिक तीन–तीन विकेट लिए। नेपालले अर्को अभ्यास खेल जुन १० मा नेदरल्यान्ड्ससँग खेल्ने छ।