यु २० एसियन कप छनोट: नेपालको दोस्रो हार
काठमाडौं : एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल चीनसँग ५–० गोलको नतिजामा पराजित भएको छ।
म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा यो नेपालको लगातार दोस्रो हार हो। यसअघि, नेपाल पहिलो खेलमा घरेलु टिम म्यानमारसँग ५–० कै नतिजामा पराजित भएको थियो।
चीनको जितमा ओयाङ यूयान, हुओ यूछिन, यिन लिहोङ, लु जुयाउ र यू ज्याकीले गोल गरे। चीनसँगको हारसँगै नेपालको तेस्रो चरण पुग्ने सम्भावना लगभग सकिएको छ। छनोटको समूह बी मा रहेको नेपाल २ खेलमा जितबिहिन रहँदा तालिकाको पुछारमा छ।
चीन लगातार जितसहित ६ अंक जोडेर शिर्ष स्थानमा छ। नेपालले अब अन्तिम खेलमा शनिबार चाईनिज ताइपेइसँग खेल्नेछ।