कांग्रेसको सचेतकमा सुशीला थिङ
काठमाडौं : नेपाली कांग्रेसको सचेतक पदमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छन्। पार्टी सभापति शेरबहादुर देउवाले सांसद थिङलाई बिहीबार सचेतकमा मनोनयन गरेका हुन्।
देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै थिङलाई सचेतकमा मनोनयन गरेको जानकारी दिएका छन्। कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम पार्टी सभापति देउवाले थिङलाई सचेतकमा मनोनित गरेका हुन्।
संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित भइसकेका छन्।