नेप्से परिसूचक ७.२७ अंकले बढ्यो,२ अर्ब ३० करोडको सेयर कारोबार
काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक ७. २७ अंकले उकालो लागेर १९३९. ६१ मा विन्दुमा पुगेको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ परिसूचक १.०५ अंकले ओरालो लागेर ३६४ . ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चारको सेयर मूल्यमा गिरावट आउँदा ९ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।
कूल ५९ लाख ६२ हजार ९३ कित्ता सेयर २ अर्ब ३० करोड ५८ लाख ८८ हजार नौ सय ३१ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १० करोड २६ लाख ८७ हजार सात सय १३ बराबरको सेयर खरिद बिक्री भयो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख १३ हजार पाँच सय नौ,शिवम् सिमेन्टको ८ करोड ७० लाख १२ हजार नौ सय २९, हिमालयन एभरेष्टको ८ करोड २८ लाख ५३ हजार र नेपाल दूरसञ्चार कम्पनी ८ करोड २२ लाख ३१ हजार एक सय ९१ रुपैयाँ बराबरको कारोबार भयो।
नेप्सेका अनुसार डोल्टी पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी ९.९६,मनकामना स्मार्ट लघुवित्त ८.४८,सानिमा जीआइसी इन्स्योरेन्स ७. ३८ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य सात प्रतिशतले बढेको छ ।
त्यस्तै रिभर फल्स पावर ६.६४, खप्तड लघुवित्त ३.९४,ग्लोबल आईएमई ब्यालेन्स फण्ड पहिलो ३. ८९,सिटिजन म्युचुअल फण्ड ३.७७ र श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य ३.३९ प्रतिशतले घटेको छ ।