ड्रागन बोट रेस फेस्टिभलका लागि संयुक्त लोगो सार्वजनिक

ड्रागन बोट रेस फेस्टिभलका लागि संयुक्त लोगो सार्वजनिक

काठमाडौं : नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभलका लागि संयुक्त लोगो सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा उक्त लोगो सार्वजनिक गरिएको हो । बोट रेसको तयारी तीव्र रहेको बताइएको छ ।

बोर्ड,नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल आयोजना हुँदैछ । उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद्, नेपाल चीन ओभरसीज एशोसिएसन सह आयोजकका रुपमा रहनेछन् । 

दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको बताइएको छ । प्रतियोगिताका लागि चीनबाटै ८ विशेष खालका बोट पोखरा आइपुगेका छन्। 

प्रतियोगिताका सहभागीलाई बोट रेसको तालिम पनि सुरू भइसकेको बताइएको छ । फेस्टिभलमा नेपालका सातै प्रदेशबाट सहभागीता गराइनेछ । करिब १ करोड लगानीमा आयोजना हुने फेस्टिभलमा नेपाल–चीनका साँस्कृतिक झलकका साथै मौलिक खानाहरूसहितको फुड फेस्टिभल पनि आयोजना हुनेछ । 

पोखरामा दुई दिनसम्म हुने प्रतियोगितामा २ मिटर र ५ सय मिटरमा रेस हुनेछ । विजेताले नगद पुरस्कार पाउने जानकारी दिइएको छ । ५० भन्दा बढि देशमा आयोजना भइसकेको यो प्रतियोगिता एसियन गेममा पनि खेलाइन्छ । 

दक्षिण एसियामा भने पहिलो पटक नेपालमा आयोजना हुन गइरहेको बोर्डले जनाएको छ। यस प्रतियोगितासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानको तयारी भइरहेको छ । चीनबाट प्रतियोगिता हेर्न नेपाल आउने चिनियाँलाई विमान चार्टर्ड गरेर सिधै पोखरा ल्याउन लागिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.