गोरखाको चुम्बा र नुब्री पनि सूचीकृत

गोरखाको चुम्बा र नुब्री पनि सूचीकृत
चुम्बानुब्रीको जनगणना गर्न गणकका रूपमा खटिएका स्थानीय समाजसेवी वाङचुक राप्तेन लामा। फाइल फोटो।
सुन्नुहोस्

गोरखा : छट्टै पहिचान नहुँदा यसअघि तामाङमा सूचीकृत भएका गोरखाको हिमालपारिका बासिन्दा अहिले पहिलोपटक पहिचानसहित सूचीकृत भएका छन्। चुमनुब्री गाउँपालिका १, २, ४, ५, ६ र ७ को चुम उपत्यका र नुब्री उपत्यकामा बसोबास गर्ने समुदाय यसपटक चुम्बा र नुब्रीका रूपमा राष्ट्रिय तथ्यांक विभागमा सूचीकृत भएका हुन्।

राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको जनगणना २०७८ को जातिगत प्रतिवेदनमा चुम्बा, नुब्रीको संख्या ४ हजार ४ सय १४ रहेको उल्लेख गरिएको छ। जसमा पुरुष दुई हजार १ सय १४ र महिला २ हजार २ सय ३० छन्। यो संख्या नेपालको कुल जनसंख्याको ०.०२ प्रतिशत हो। उनीहरूले प्रयोग गर्ने मातृभाषा पनि चुम्बानुब्री कै नाममा सूचीकृत भएको छ। चुम्बानुब्रीलाई मातृभाषाका रूपमा प्रयोग गर्नेको संख्या भने ४ हजार २ सय ८४ रहेको उल्लेख छ। यो संख्या कुल जनसंख्याको ०.०१ हो।

यो समुदायको बसोबास नेपालमै गोरखा जिल्लाअन्तर्गत चुमनुब्री गाउँपालिकामा मात्र छ। उनीहरू सबै बौद्ध धर्मावलम्बी हुन्। आफ्नो समुदायलाई सूचीकृत गराई राष्ट्रिय रूपमा पहिचान गराउने हिसाबले स्थानीय समाजसेवीहरू स्वयं नै जनगणनामा खटिएका थिए।

गोरखालाई उद्गम मान्ने बराम समुदायको देशभरको जनसंख्या ७ हजार ८ सय ५९ रहेकोमा गोरखामा सबैभन्दा धेरै ६ हजार २ सय ४४ रहेको छ। २ हजार ८ सय ८५ महिला र ३ हजार ३ सय ५९ छ। उद्गमस्थल मानिने बारपाक सुलीकोटमा बरामको संख्या २ हजार ३ सय ४६ रहेको छ। त्यस्तै सिरानचोक गाउँपालिका, गोरखा नगरपालिकालगायतका अन्य पालिकाहरूमा पनि छिटपुट छन्। देशभर ८४ हजार ३ सय ६४ जनसंख्या रहेको चेपाङ समुदायको गोरखाको जनसंख्या ४ हजार २ सय ६८ रहेको छ। उनीहरू गण्डकी र सहिदलखन गाउँपालिकामा बस्छन्।

कुल २ लाख ५१ हजार २७ जनसंख्या रहेको गोरखामा सबैभन्दा धेरै गुरुङ समुदायको संख्या छ। विशेष गरी धार्चे, बारपाक सुलीकोट गाउँपालिकामा अधिक र प्रत्येक गाउँपालिकामा बासोबास रहेको उनीहरूको यहाँको जनसंख्या ५२ हजार २ सय २१ छ। दोस्रो धेरै जनसंख्या ब्राह्मण समुदायको छ। उनीहरूको संख्या ३० हजार ८ सय ५२ छ। त्यस्तै तेस्रो धेरै मगर समुदायको छ। मगर समुदायको संख्या २८ हजार ९ सय ५६ र क्षेत्रीको संख्या २७ हजार १ सय ९३ छ। 

त्यस्तै मिजार २० हजार २ सय ४३, नेवार १८ हजार २ सय ७२, विश्वकर्मा १४ हजार ८ सय १५, तामाङ ९ हजार ५ सय ३९, मुसलमान ३ हजार २ सय ८८, परियार ७ हजार ३ सय ८२, ठकुरी ८ सय २७, शेर्पा ६१, माझी ४ सय ५२, सुनार ३१, सुनुवार २ सय ८०, वादी ४७, घले ६ हजार १ सय ५६, खवास १ सय ४०, दराई ८ सय ६७, भोटे २५, बोटे ५३, गाइने १ सय ६८, कमर १ सय ३६, संन्यासी १ हजार ७ सय ३४ जना रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ। 

त्यस्तै गोरखामा हिन्दू धर्मावलम्बीको संख्या १ लाख ७५ हजार ६ सय ४ छ। बौद्ध धर्म मान्नेहरूको संख्या ४० हजार १ सय १८ रहेको छ भने इस्लाम धर्मावलम्बीको संख्या ३ हजार ३ सय ९५ जना, क्रिश्चियन धर्म मान्नेहरूको संख्या १५ हजार ६२ र बोन धर्मावलम्बीको संख्या १४ हजार ३ सय ८५ रहेको तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.