मुर्रा पाडाको निरीक्षणमा विज्ञ भारत जाने

मुर्रा पाडाको निरीक्षणमा विज्ञ भारत जाने
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : भारत सरकारबाट नेपाललाई उच्च नश्लका मुर्रा जातका १५ पाडाहरू निःशुल्कः उपलव्ध गराउने समझदारी भएसँगै निरीक्षण गर्न जाने तयारी भइरहेको छ। नेपालमा यस्तो उच्च प्रजननका नभएको र यसबाट भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने भएकाले यसको आवश्यकता महसुस गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

भारत सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमणमा गएका बेला नेपाललाई उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको हो।

भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएसँगै प्राविधिक पक्ष निरीक्षणका लागि विज्ञ एवं प्राविधिक छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने तयारी भइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। नेपालस्थित भारतीय राजदूतावासले उक्त सम्झौता भएसँगै मन्त्रालयलाई सूचित गरिसकेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.