भारतको गुजरातमा क्रिकेटको बल टिपेको भन्दै दलितमाथि कुटपिट, औंला काटिदिए

भारतको गुजरातमा क्रिकेटको बल टिपेको भन्दै दलितमाथि कुटपिट, औंला काटिदिए
सांकेतिक तस्बिर।
सुन्नुहोस्

एफआईआरका अनुसार उनीहरुले धम्की दिएका थिए र जातीय आधारमा गाली पनि गरेका थिए। बल टिप्ने बालकका काका धीरज परमारले आपत्ति जनाएपछि यो विषय तत्कालका लागि रोकिएको थियो।

नयाँ दिल्ली : गुजरातको पाटन जिल्लामा एक दलित पुरुषमाथि कुटपिटको घटना सार्वजनिक भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार स्थानीय पुलिसले भतिजाले खेलको क्रममा क्रिकेट बल उठाएको भन्दै क्रिकेट खेलिरहेका मानिसको समूहले एक दलित व्यक्तिलाई कुटपिट गरेको बताएको छ।

एफआईआरका अनुसार उनीहरुले धम्की दिएका थिए र जातीय आधारमा गाली पनि गरेका थिए। बल टिप्ने बालकका काका धीरज परमारले आपत्ति जनाएपछि यो विषय तत्कालका लागि रोकिएको थियो।

 तर त्यही साँझ धारिलो हतियारसहित आएका सात जनाको समूहले परमार र उनका भाइ कीर्तिमाथि आक्रमण गरे। एकजना अभियुक्तले कीर्तिको औँला काटेर गम्भिर घाइते भएका छन्।

एफआईआर दर्ता

धारा ३२६ (स्वैच्छिक रूपमा खतरनाक हतियारले गम्भीर चोट पुर्‍याउने), ५०६ (आपराधिक धम्की) र भारतीय दण्ड संहिता र एससी र एसटी (अत्याचारको रोकथाम अधिनियम) को अन्य प्रावधानहरू अन्तर्गत एफआईआर दर्ता गरिएको छ।

अभियुक्तको खोजी भइरहेको अधिकारीहरुले बताएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.