रूसी रेडियो स्टेशनहरू ह्याक,  राष्ट्रपति  पुटिनको नक्कली सन्देश बज्यो

रूसी रेडियो स्टेशनहरू ह्याक,  राष्ट्रपति  पुटिनको नक्कली सन्देश बज्यो
फाइल तस्बिर।
सुन्नुहोस्

मस्को : रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन्।  रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको  छ। 

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ। किभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ।  

नक्कली सन्देश विभिन्न सामाजिक सञ्जालमा प्रसारित भएका थिए। रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई आफू बसेको ठाउँ खाली गर्ने घोषणा गरेको छ।

'यो वास्तवमै ह्याक थियो,' क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भने। बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश  नक्कली भएको बताएको छ जसको उद्देश्य शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न केन्द्रित रहेको बुझिएको छ।

एमआरआइ रेडियो स्टेशनले पनि यसलाई पूर्ण नक्कली र उत्तेजक भनेको छ जुन  करिब ४० मिनेटसम्म प्रसारित भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.